आर्थिक

किसानलाई दुधमा अनुदान दिने कार्यक्रम शुरु

हिमालय टिभी
२०७८ असार २३ गते १८:४०
किसानलाई दुधमा अनुदान दिने कार्यक्रम शुरु

२३ असार २०७८ मकवानपुर । बागमती प्रदेश सरकारले किसानलाई दुधमा अनुदान दिने कार्यक्रम शुरु गरेको छ । चितवनको एउटा शहकारी संस्थाबाट कार्यक्रम शुरु गरिएको छ ।

राप्ती नगरपालिका वडा नम्वर ६ मा रहेको जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाले वाग्मती प्रदेश सरकारबाट प्राप्त अनुदान वितरण गरेको छ ।

सहकारीले प्रति लिटर दुई रुपैयाँको दरले किसानलाई अनुदान दिएको हो । अनुदान कार्यक्रम शुरु गर्दै प्रदेशका कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अनुदानले किसानको मनोबल बढ्ने बताउनुभयो ।

कार्यक्रममा सहकारी संस्थाले नियमित दूध ल्याउने किसानलाई प्रति लिटर दुई रुपैयाँका दरले १३ लाख ४० हजार रुपैयाँ अनुदान वितरण गरेको छ । सो सहकारीबाट किसानले ४४ हजार रुपैयाँसम्म रकम पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *