खेलकूद

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

हिमालय टिभी
२०७८ असार २३ गते १३:०६
कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२३ असार २०७८ काठमाडौं । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र साविक विजेता ब्राजिलले प्रतिस्पर्धा गर्नेछन् ।

आज बिहान सम्पन्न दोस्रो सेमीफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिनाले फाइनलमा ब्राजिलसँग भेट पक्का गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

ब्रासिलियामा अर्जेन्टिनाले सातौं मिनेटमै अग्रता लिएको थियो । लौटारो मार्टिनेजले अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गरे ।

त्यस्तै कोलम्बियाका लागि ६१औं मिनेटमा लुइस डायजले गोल गरेपछि खेल पेनाल्टीमा पुगेको थियो । अर्जेन्टिनाको जितका नायक बनेका गोलकिपर इमिलियानो मार्टिनेजले विपक्षीको तीन वटा प्रहार जोगाएका थिए ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोर्जाले गोल गर्दा डेभिन्सन साञ्चेज, यरी मिना र इडमिन कार्डोनाको प्रहार किपरले रोकेका थिए ।

उता अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लियोनार्दो पेएरडेस, लाउटारो मार्टिनेजे गोल गर्दा डी पाउलको प्रहार बाहिरिएको थियो ।

आयोजक ब्राजिलले भने पहिलो सेमीफाइनलमा पेरुलाई १–० गोलले हराउँदै फाइनलमा स्थान पक्का पारेको थियो । त्यस्तै तेस्रो स्थानका लागि कोलम्बिया र पेरुले खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्