कला/मनोरञ्जन

रहेनन् चर्चित बलिउड अभिनेता दिलीप कुमार

हिमालय टिभी
२०७८ असार २३ गते १२:५७
रहेनन् चर्चित बलिउड अभिनेता दिलीप कुमार

२३ असार २०७८ नयाँ दिल्ली । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ ।

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनको उपचार भइरहेको थियो ।

भारतको मुम्बईस्थित खार हिन्दुजा अस्पतालमा उपचारका क्रममा आज बिहान पौने आठ बजे दिलीप कुमारको निधन भएको हो । ११ डिसेम्बर १९ सय २२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर तर अहिलेको पाकिस्तानमा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।

उनले करिब २२ वर्षको उमेरमा चलचित्रमा काम थालेका थिए । दिलीप कुमारले करिब पाँच दशकको करियरमा झण्डै ६० चलचित्रमा अभिनय गरे । उनका चर्चित चलचित्रमा शहीद, मेला, नदियाके पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगाजमुना, राम और श्याम, कर्मा लगायत छन् ।

उनको अन्तिम चलचित्र सन् १९ सय ९८ मा रिलिज भएको किला हो । उनी हिन्दी सिनेमाका ट्रेजेडी किंगको उपनामले समेत चिनिन्थे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय कलाकारहरुले उनको निधनमा शोक ब्यक्त गरेका छन् । उनको आजै अन्त्येष्टी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *