खेलकूद

युरोकप फूटबलको पहिलो सेमिफाइनल आज, इटाली र स्पेन भिड्दै

हिमालय टिभी
२०७८ असार २२ गते ९:१७
युरोकप फूटबलको पहिलो सेमिफाइनल आज, इटाली र स्पेन भिड्दै

२२ असार २०७८ इंग्ल्यान्ड । १६ औं संस्करणको युरोकप फूटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । राति १२ः४५ मा सुरु हुने यी दुई टोलीबीचको खेलमा दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।

इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति १२ : ४५ मा सुरु हुनेछ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्