नोभाक जोकोभिच र रोजर फेडरर विम्बल्डन टेनिसको क्वार्टरफाइनल प्रवेश

२२ असार २०७८ काठमाडौं । नोभाक जोकोभिच र रोजर फेडरर विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
साविक विजेता जोकोभिचले क्रिष्टियन गारिनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । विश्व नम्बर एक समेत रहेका सर्बियन खेलाडी जोकोभिचले चिलीका क्रिष्टियनलाई ६–२, ६–४ र ६–२ को सोझो सेटमा हराए ।
अब सेमिफाइनल प्रवेशका लागि ३४ वर्षीय जोकोभिचले हंगेरीका मार्टोन फुस्सोभिक्ससँग खेल्ने छन् । मार्टोनले पाँचौं वरियताका एन्ड्री रुभलेभलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।
यस्तै फेडररले इटालीका लोरेञ्जो सोनेगोलाई हराउँदै अन्तिम १६ मा स्थान बनाए ।
छैठौं वरियताका फेडररले लोरेञ्जोमाथि ७–५, ६–४ र ६२ को सेटमा जित निकाले । क्वार्टरफाइनलमा स्विस खेलाडी फेडररले दोस्रो वरियताका डानिल मेदभेदेभ र हुबर्ट हुर्काजबीचको विजेतासँगे खेल्ने छन् ।
प्रतिक्रिया