खेलकूद

ब्राजिल कोपा अमेरिका फूटबलको फाइनल प्रवेश

हिमालय टिभी
२०७८ असार २२ गते ८:२०
ब्राजिल कोपा अमेरिका फूटबलको फाइनल प्रवेश

२२ असार २०७८ रियो द जेनेरियो । साविक विजेता ब्राजिल दक्षिण अमेरिकी फूटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई १–० गोलले हराउँदै आयोजक ब्राजिल उपाधि नजिक पुगेको हो ।

जारी प्रतियोगितामा अपराजित ब्राजिलका लागि लुकास पाक्वेटाको एकमात्र गोल नै निर्णाय रह्यो । रियो द जेनेरियोमा ३५औं मिनेटमा लुकासले नेयमारको पासमा गोल गर्न सफल भए ।

भोलि बिहान दोस्रो सेमीफाइनलमा अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्