समाज

६ जिल्लाका बिरामीको विश्वास : कपिलवस्तु सर्पदंश उपचार केन्द्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २१ गते १४:२२
६  जिल्लाका बिरामीको विश्वास : कपिलवस्तु सर्पदंश उपचार केन्द्र (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ कपिलवस्तु । कोरोना संक्रमणको दोस्रो लहरकाबीच पनि कपिलवस्तु सर्पदंश उपचार केन्द्रले निरन्तर सेवा दिइरहेको छ । कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, प्यूठान, दाङ र रोल्पाका सर्पदंशका बिरामीले केन्द्रबाट उपचार पाएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित कपिलवस्तुको गोरुसिंगे बजारको मुख्य सडकमा १० शैया क्षमताको सर्पदंश उपचार केन्द्र छ । यो केन्द्र सातै दिन २४ सै घण्टा सञ्चालन भइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरमा पनि यो केन्द्रले नियमित उपचार दिइरह्यो ।

गत वर्ष ६ सय ९४ जनालाई उपचार दिएको केन्द्रले चालु आर्थिक वर्षमा ६ सय ३४ जनाको उपचार गरिसकेको छ । समयमै केन्द्रमा पुर्याउन नसकेका ५ जनाको मृत्यु भएको छ ।

यो बर्ष संक्रमणको दोस्रो लहर देखिएको बैशाख यता २ सय ३ जनाले केन्द्रबाट उपचार पाएका छन । कोभिडको संक्रमणका बेला स्वास्थ्यकर्मीले आफ्नो ज्यान जोखिममा राखेर सर्पदंशका विरामीको उपचार गरिरहेका हुन् ।

बुद्धभूमि नगरपालिकाको व्यवस्थापनमा नेपाली सेनाका स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा १८ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ । नेपाली सेनाका दुई जना प्राविधिक जनशक्ति २४ घण्टा खटिएर सेवा दिइरहेको छ । केन्द्रको सेवाबाट सेवाग्राही पनि सन्तुष्ट छन् ।

बुद्धभूमि नगरपालिकाले उपचार केन्द्रको सेवा प्रवाहलाई सहज बनाउन कर्मचारी व्यवस्थापन, स्वास्थ्य सामग्री र एम्बुलेन्स सञ्चालन गरेर सहयोग पुर्‍याउँदै आएको छ । केन्द्रको व्यवस्थापनका लागि नगरपालिकाले आफैंले पनि बजेट विनियोजन गरेको छ भने अरुतिर पनि पहल गरेको छ ।

सर्पदशं केन्द्रको उपचारमा विश्वास भएकै कारण जिल्लाभरी र छिमेकी जिल्लाका सर्पदंशका बिरामी कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा उपचार लागि आउने गरेका छन । सर्पकोदंशमा परेका बिरामी झारफुक लगायतका अन्ध विश्वासमा नलागी समयमै उपचार केन्द्रमा पुग्न स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *