खेलकूद

इंग्ल्याण्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट नतिजाविहीन

हिमालय टिभी
२०७८ असार २१ गते ८:३२
इंग्ल्याण्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट नतिजाविहीन

२१ असार २०७८ काठमाडौं । इंग्ल्याण्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट खेल बिना नतिजा सकिएको छ ।

वर्षाले पटक पटक प्रभावित भएपनि खेलको कुनै नतिजा नआएको हो । ब्रिस्टोलमा टस हारेर ब्याटिङ गरेको श्रीलंका ४१ दशमलव १ ओभरमा १ सय ६७ रनमा समेटिएको थियो ।

श्रीलंकाका डासुन सनाका ४८ रनमा अविजित रहे । त्यस्तै वानिन्डु हसारंगाले २० तथा ओसाडा फरनान्डोले १८ रन बनाए । बलिङमा इंग्ल्याण्डका टम करनले ४ विकेट लिए । तर, वर्षाको कारण घरेलु टोली इंग्ल्याण्डले जवाफी ब्याटिङ गर्न पाएन ।

अन्तिम खेल रद्द भएसँगै इंग्ल्याण्डले ३ खेलको श्रृंखला २–० ले जितेको छ । इंग्ल्याण्डले पहिलो खेल ५ विकेटले तथा दोस्रो खेल ८ विकेटले जितेको थियो ।

यसअघि इंग्ल्याण्डले तीन खेलको ट्वेन्टी–ट्वेन्टी श्रृंखला ३–० ले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्