खेलकूद

इंग्ल्याण्ड र डेनमार्क युरोकप फूटबलको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७८ असार २० गते ७:३६
इंग्ल्याण्ड र डेनमार्क युरोकप फूटबलको सेमिफाइनल प्रवेश

२० असार २०७८ काठमाडौं । इंग्ल्याण्ड र डेनमार्क युरोकप फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति अन्तिम क्वार्टरफाइनलमा युक्रेनमाथि ४–० को शानदार जितसहित इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनायो ।

रोमको स्टाडियो ओलम्पिको स्टेडियममा इंग्ल्याण्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई तथा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एकएक गोल गरे । चौथो मिनेटमै केनले रहिम स्ट्रर्लिङको पासमा इंग्ल्याण्डलाई अग्रता दिलाए ।

त्यस्तै ४६ औं मिनेटमा मग्वाएरले इंग्ल्याण्डका लागि दोस्रो गोल थपे । त्यसपछि ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो र ६३ औं मिनेटमा हेण्डरसनले गोल थपेपछि इंग्ल्याण्ड ४–० ले विजयी भएको हो ।

यससँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्याण्ड सन् १९ सय ९६ मा सेमिफाइनलसम्म पुगेको थियो । अब इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले तेस्रो टोलीका रुपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

अजरबैजानको बाकु ओलम्पिक डेनमार्कले खेलको पाँचौं मिनेटमा थोमस डेलानेको गोलबाट अग्रता बनायो । त्यसपछि ४२औं मिनेटमा कास्पर डोलवर्गले डेनमार्कको अग्रता दोब्बर पारे । चेकका तर्फबाट ४९ औं मिनेटमा प्याट्रिक शिकले एक गोल फर्काएका थिए ।

यससँगै शिकले जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने क्रिष्टियानो रोनाल्डोसँग बराबरी गोल गरेका छन् । दुबैले पाँच(पाँच गोल गरेका छन् ।

डेनमार्क सन् १९ सय ९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै युरोकपको सेमिफाइनल समिकरण पनि सकिएको छ । अर्को सेमिफाइनलमा इटाली र स्पेनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्