खेलकूद

ए डिभिजन क्लब एनआरटीको प्रशिक्षकमा शाक्यको निरन्तरता

हिमालय टिभी
२०७८ असार १९ गते १६:५७
ए डिभिजन क्लब एनआरटीको प्रशिक्षकमा शाक्यको निरन्तरता

१९ असार २०७८ काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)ले प्रशिक्षकमा राजुकाजी शाक्यलाई नै निरन्तरता दिएको छ । यस्तै उसले आज दुई जना विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ ।

असोज ३ गतेदेखि शुरु हुने ए डिभिजन लीगका लागि अफ्रिकी मुलका मेसुके ओलेमेउ र स्टेफेन समिरलाई अनुबन्धन गरेको एनआरटीले जनाएको छ ।

उनीहरु दुबैले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग एनएसएल खेलेका थिए । काठमाडौंलाई उपाधि जिताउन मेसुकेले ह्याट्रिक गरेका थिए ।

प्रशिक्षकमा निरन्तरता पाएका राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रशिक्षक शाक्य यसअघिको ए डिभिजन लिगका लागि च्यासल युथ क्लवबाट एनआरटी गएका थिए ।

एनएसएलमा उत्कृष्ट प्रदर्शन गरेका दुई अफ्रिकी खेलाडीको अनुबन्धपछि एनआरटी थप बलियो बनेको शाक्यले बताएका छन् ।

एनआरटीले २०१७, २०१९, २०३५ र २०५२ सालमा ए डिभिजन लिग जितेको थियो । गत सिजनमा भने एनआरटी सातौँ भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्