आर्थिक

यस्तो बन्दैछ,पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, कहिलेबाट हुन्छ सञ्चालन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते १६:३९
यस्तो बन्दैछ,पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, कहिलेबाट हुन्छ सञ्चालन ? (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ पोखरा । राष्ट्रिय गौरवको योजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलको निर्माणकार्य अबको ६ महिना विमानस्थल निर्माणकार्य सम्पन्न हुने बताइएको छ । यही महिनाभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि कोरोना महामारीका कारण आयोजना पर धकेलिएको हो । विमानस्थल निर्माणको काम अहिले ७९ प्रतिशत सकिएको छ ।

पाँच सय कामदारको स्थानमा अहिले निषेधाज्ञाका कारण दुई सयजनाले मात्रै काम गरिरहेका छन् । चिनियाँ कामदार १ सय ६६ जना मात्र निर्माणमा सक्रिय छन् ।

सन् २०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्ने गरी सम्झौता भएको थियो । अहिले त्यो मिति २०२१ डिसेम्बरका लागि सारिएको छ ।

अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका काम भइरहेको छ । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *