समाज

दरबन्दी अनुसारको जनशक्ति नहुँदा धौलागिरि अस्पतालमा बिरामीको विजोक ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते १४:५६
दरबन्दी अनुसारको जनशक्ति नहुँदा धौलागिरि अस्पतालमा बिरामीको विजोक ! (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा उपचारमा समस्या भएको छ । विशेषज्ञ चिकित्सक एक जना मात्रै हुँदा बिरामीले प्रभावकारी उपचार पाउन सकेका छैनन् ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको अध्ययन अनुसार गण्डकी प्रदेशका ‘सेकेण्डरी ‘ए’ लेभल’का अस्पताल मध्ये बागलुङको धौलागिरि अस्पताल उत्कृष्ट छ ।

धौलागिरीरिअस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पतालको रुपमा घोषणा गरिएको भए पनि अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति छैन । अस्पतालमा दरबन्दी अनुसार जनशक्ति नहुँदा बिरामीलाई समस्या परेको छ ।

निषेधाज्ञा कारण सार्वजनिक यातायातका साधन नचल्दा बिरामी ठुलो रकम तिरेर अस्पताल आउँछन् । तर पनि समयमै बिरामीको परीक्षणका लागि चिकित्सक नपुग्दा समस्या परेको छ । अ

स्पतालमा जनशक्ति कम हुँदा थोरै संख्याका चिकित्सकले धेरै बिरामीको उपचारमा खटिनु परेको छ । यसको प्रत्यक्ष असर सदरमुकाम बाहिरबाट आउने बिरामीमा पर्ने गरेको छ । चिकित्सकलाई कुन औषधि खाने भनेर सोध्नका लागि मात्र पनि घन्टौँसम्म कुर्न परेको बिरामीको गुनासो छ ।

थाइराइडका विरामी अस्पताल प्रशासन र ल्याबले फरक–फरक कुरा गर्दा अन्योलमा छन । प्रशासनले थाईराईड परिक्षण हुन्छ भन्ने गरेको छ तर ल्याबले परीक्षण हुँदैन भन्दा बिरामी समस्या परेका छन ्। अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नहुँदाको कारण अस्पतालभित्रको सेवा प्रवाहमा तालमेल नमिलेको सेवाग्राहीको बुझाइ छ ।

२०६६ सालमा जिल्ला अस्पतालबाट अञ्चल अस्पतालमा स्तरबृद्धि भएको यो अस्पतालमा अहिले पनि ११ वर्षअघिकै दरबन्दी छ । ५० शैया क्षमताका लागि निर्धारण गरिएको ७८ जनाको दरबन्दीमा कठिनले आधा जनशक्ति रहेको अस्पताल प्रशासनले जनाएको छ । १

६ जना बिषेशज्ञ चिकित्सकको दरबन्दीमा एक जनामात्रै स्थायी चिकित्सक छन् । ६ जनाको दरबन्दी रहेको मेडिकल अधिकृतमा २ जना र २५ जनाको दरबन्दी रहेको नर्शमा १८ जना मात्रै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *