आर्थिक

गण्डकी प्रदेश : मन्त्रालय बाँडफाँडको किचलोका कारण बजेटमाथिको छलफल प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते १४:४९
गण्डकी प्रदेश : मन्त्रालय बाँडफाँडको किचलोका कारण बजेटमाथिको छलफल  प्रभावित (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ पोखरा । गण्डकी प्रदेश सरकारले असार एक गते पेश गरेको बजेटमाथिको छलफल अझै अगाडी बढाउन सकेको छैन ।

जेठ २९ गते गठन भएको नयाँ सरकारले हतारहतार नीति कार्यक्रम र बजेट ल्याएपनि मन्त्रालय बाँडफाँडको किचलोका कारण छलफल प्रभावित भएको छ ।

गण्डकी प्रदेशमा सत्ता किचलो कायमै छ । सरकार मन्त्रालय बाँडफाडको लफडामा फसेपछि बजेट माथिको छलफल पनि प्रभावित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ सदस्यीय मन्त्री मण्डल बनाए पनि दुईजनाको मन्त्रालय तोकिएको छैन ।

रोजेको मन्त्रालय नपाएको भन्दै हरिशरण आचार्य र दीपक मनाङे अझै विना विभागीय मन्त्री हुनुहुन्छ । सरकारले अझै पुर्णता पाएको छैन । संसदमा पेश भएको बिनियोजन विधेयक एकसातामै छलफलमा लैजानुपर्ने भए पनि तेस्रो सातासम्म अघि बढेको छैन् ।

रातो किताब र बजेटको अनूसूची तयारीको क्रममा रहेकाले छलफलमा ढिलाई भएको सरकारले दावी गरेको छ । छलफलका लागि एक हप्ताको समय पर्याप्त हुने उसको तर्क छ ।

एमाले संसदीय दलको बैठकले रातो किताब बिना छलफलमा सहभागी नहुने निर्णय गरेपछि सरकार त्यसको तयारीमा लागेको थियो । तर उसको व्यस्तता बजेट बनाउन भन्दा सत्ताको दाउपेचमा बढी छ । सरकार गैरजिम्मेवार बनेको प्रतिपक्षी दलको आरोप छ ।

सरकारले १६ करोड रुपैंया रकमान्तर गरेको समाचार सार्वजनिक भएपछि प्रतिपक्षले विरोध गरिरहेको छ । सरकारले भने विपतका बेला नगरि नहुने कामका लागि कानून अनुसार नै बजेट रकमान्तर गरेको दाबी गरेको छ ।

जनताको अपेक्षा अनुसार काम गर्ने उद्घोषका साथ गठन भएको सरकार अहिले अलमलमा फसेको छ । सरकार विस्तारमा गाठो पर्नु र बजेट छलफलमा लैजान नसक्नुले आलोचना बढ्दै गएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *