खेलकूद
नोभाक जोकोभिच विम्बल्डन टेनिसको चौथो चरणमा
२०७८ असार १९ गते ८:२८
१९ असार २०७८ काठमाडौं । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको चौथो चरणमा पुगेका छन् ।
विश्व नम्बर एक जोकोभिचले डेनिस कुड्लालाई हराउँदै चौथो चरणमा स्थान बनाएका हुन् ।
सर्बियन जोकोभिचले अमेरिकी खेलाडी डेनिसलाई ६–४,६–३ र ७–६ को सोझो सेटमा पराजित गरे ।
जोकोभिचले अब चिलीका क्रिष्टियन गारिनसँग खेल्ने छन् ।
प्रतिक्रिया