खेलकूद

पार्कीलाई टोकियो ओलम्पिकमा सहभागी हुनबाट बञ्चित गराइएकोमा चर्को विरोध

हिमालय टिभी
२०७८ असार १८ गते १९:०६
पार्कीलाई टोकियो ओलम्पिकमा सहभागी हुनबाट बञ्चित गराइएकोमा चर्को विरोध

१८ असार २०७८ काठमाडौं । म्याराथन धावक गोपीचन्द्र पार्कीलाई टोकियो ओलम्पिकमा सहभागी हुनबाट बञ्चित गराइएकोमा चर्को विरोध भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले अन्तिम समयमा पार्कीको ओलम्पिक सहभागीता रोकिएकोमा आपत्ति जनाउँदै यसको सत्य तथ्य छानबिन गर्न माग गरेको छ । संघले आज विज्ञप्ति निकालेर खेलाडीको करिअरमाथि खेलवाड गरिएको भन्दै यस्तो कामको भत्सर्ना पनि गरेको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले पनि पार्कीलाई ओलम्पिकमा सहभागी नगराउने निर्णयको विरोध जनाएको छ ।

उसले आज विज्ञप्ति निकालेर राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र एथलेटिक्स संघ गैर जिम्मेवार बनेको भन्दै यसको स्पष्ट कारण खुलाउन माग गरेको छ ।

यसअघि हिजो तीनवटा संस्थाले विज्ञप्ति निकालेर पार्कीले ओलम्पिक खेल्न नपाउने जनाएका थिए ।

ओलम्पिकमा म्याराथनतर्फ कोटा भन्दा धेरै आवेदन परेपछि पार्कीको सहभागीता हुन नसक्ने भन्दै तीन संस्थाले उनको स्थानमा १ सय मिटर दौडमा सरस्वती चौधरी टोकियो जाने उल्लेख गरेका छन् ।

१३ औं सागमा म्याराथनतर्फको स्वर्ण जितेका पार्की गत मंसिरमा भएको नेपालगञ्ज म्याराथनबाट ओलम्पिकमा छनोट भएका थिए । त्यसयता ७ महिनादेखी उनले ओलम्पिककै लागि तयारी गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्