आर्थिक

सुनको भाउ तोलामा बढ्यो ५ सय रुपैयाँ

हिमालय टिभी
२०७८ असार १८ गते १३:२९
सुनको भाउ तोलामा बढ्यो ५ सय रुपैयाँ

१८ असार २०७८ काठमाडौं । साताको अन्तिम दिन आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

देशभर वर्षासँगै आएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएकाले सुनको कारवारमा पनि कमी आएको महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *