खेलकूद
रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश
२०७८ असार १८ गते ७:४३

१८ असार २०७८ काठमाडौं । स्वीस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
लण्डनमा गए राति फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै फेडेरर तेस्रो चरणमा पुगेका हुन् ।
छैटौं वरीयताका फेडेररले गास्क्वेटमाथि ७–६, ६–१ र ६–४ को सेटमा जित निकाले । आठ पटकको च्याम्पियन फेडेररले पहिलो चरणमा फ्रान्सकै एड्रिन मन्नारिनोबाट वाकओभर पाएका थिए ।
अब ३९ वर्षीय फेडेररले इंग्ल्यान्डका क्यामरुन नोरीसँग खेल्ने छन् । २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए ।
पुरुषतर्फ नै रुसका डेनील मेदभेदेब पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया