अन्तर्वार्ता

माग पूरा भएनन, निर्णय मान्दैनौं, बैठकमा जान्नौंः बेदुराम भुसाल, एमाले नेता (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ असार १६ गते २०:२६
माग पूरा भएनन, निर्णय मान्दैनौं, बैठकमा जान्नौंः बेदुराम भुसाल, एमाले नेता (भिडियो कुराकानी)

१६ असार २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले पार्टीका सबै संरचना ०७५ साल जेठ २ मा फर्किएको दावी गरेपनि नेपाल–खनाल पक्षले त्यसलाई अस्वीकार गरेको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै नेपाल–खनाल पक्षका नेता डाक्टर बेदुराम भुसालले संस्थापन पक्षको आजको निर्णयबाट कुनै पनि माग पुरा नभएको बताउनुभयो ।

०७५ साल जेठ २ मा एमालेको केन्द्रीय कमिटी २ सय ३ जनाको भएपनि ओली पक्षले त्यसलाई २ सय ६१ सदस्यीय बनाएको छ ।

आजको निर्णयलाई नै जेठ २ मा फर्केको भन्दै अब एकता गर्ने कि नगर्ने भनेर नेपाल–खनाल पक्षलाई प्रश्न गरेकोमा पनि भुसालले आपत्ति जनाउनुभयो । संस्थापन पक्षका निर्णय एकता विरोधी भएको उहाँले बताउनुभयो ।

अवैध कमिटीले गरेका सबै निर्णय अवैध हुने भन्दै आफूलाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय स्वीकार नगर्ने र अवैध केन्द्रीय कमिटी बैठकमा पनि नजाने भुसालले बताउनुभयो ।

संस्थापन पक्षले पर्सिका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्