खेलकूद

वेष्ट इण्डिजविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

हिमालय टिभी
२०७८ असार १६ गते ७:५५
वेष्ट इण्डिजविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

१६ असार २०७८ काठमाडौं । वेष्ट इण्डिजविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको छ ।

दक्षिण अफ्रिकाले वेष्टइण्डिजलाई तेस्रो टी–२० खेलमा १ रनले हराएको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

वेष्टइण्डिजका इभिन लेविसले २७, निकोलस पुरणले २६, आन्द्रे रसेलले २५ तथा लेन्डल सिमोन्सले २२ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले समान २२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । उसका लागि क्विन्टन डी ककले ७२ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै रस्सी भान डेर डुसेनले ३२ तथा एडिन मार्क्रमले २३ रन बनाए । वेष्टइण्डिजका ओबेड म्याककोएले ४ तथा ड्वेन ब्राभोले ३ विकेट लिए । यससँगै पाँच टी–२० खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले २–१ को अग्रता बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्