खेलकूद

युक्रेन र इंग्ल्याण्ड युरोकप फूटबलको अन्तिम आठमा प्रवेश

हिमालय टिभी
२०७८ असार १६ गते ७:४२
युक्रेन र इंग्ल्याण्ड युरोकप फूटबलको अन्तिम आठमा प्रवेश

१६ असार २०७८ काठमाडौं । युक्रेन र इंग्ल्याण्ड युरोकप फूटबलको अन्तिम आठमा प्रवेश गरेका छन् ।

गएराति सम्पन्न अन्तिम १६ को अन्तिम खेलमा स्वीडेनलाई २–१ ले स्तब्ध बनाउँदै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनले २७ औं मिनेटमा ओलेक्सान्डर जिन्चेन्को गोलबाट अग्रता लियो । तर ४३औं मिनेटमा स्विडेनका इमिल फोर्सवर्गले गोल गर्दै खेल १–१ को बराबरी गरे ।

त्यसपछि ९९औं मिनेटमा मार्कुस डानिलसनले रेड कार्ड पाएपछि स्विडेन १० खेलाडीमा समेटिएको थियो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिम दोभ्बिकले गोल गर्दै युक्रेनलाई २–१ को जित दिलाए । जितसँगै युक्रेनले अन्तिम अर्थात आठौं टोलीका रुपमा क्वार्टरफाइनलमा स्थान सुरक्षित बनायो भने यससँगै क्वार्टरफाइनल समीकरण समेत पूरा भएको छ ।

उता यसअघि सकिएको पहिलो खेलमा जर्मनीलाई २० ले हराउँदै इंग्ल्याण्डले क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्याण्डको जितमा रहिम स्टरलिङ र ह्यारी केनले एक(एक गोल गरे । इंग्ल्याण्ड नौं वर्षपछि युरो कपको क्वार्टरफाइनलमा पुगेको हो ।

अब क्वार्टरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेन, इटाली र बेल्जियम, डेनमार्क र चेक रिपब्लिक तथा इंग्ल्याण्ड र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्