आर्थिक

काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १४ गते १४:३०
काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

१४ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिणमा रहेको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बन्दरगाह निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको छ, बन्दरगाह सञ्चालनका लागि पूर्वाधार पनि बनिसकेको छ ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह असार मसान्तभित्र पूरा हुने जानकारी दिनुभयो ।

विदेशबाट आयात गरिने सामान काठमाडौंमा बनेको यो सुख्खा बन्दरगाहमा ल्याएर भन्सार क्लियर गर्न सकिने छ । अहिले चीन र भारतसँगका नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र भन्सार क्लियर हुने गरको छ ।

विदेशबाट आयात हुने ७० प्रतिशत सामान काठमाडौंमा नै खपत हुने भएकाले चोभारको बन्दरगाहबाट सबैले फाइदा लिन सक्ने छन् ।

पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने छ । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *