समाज

विपक्षीको विमतिबीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

हिमालय टिभी
२०७८ असार १४ गते १३:४४
विपक्षीको विमतिबीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

१४ असार २०७८ धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट आज बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।

गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

सत्ता पक्षकै सांसदहरुले विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेटले प्रदेशको समृद्धि हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए । सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले उक्त आरोपबारे गम्भीर असहमति रहेको बताउनुभएकव छ ।

शाहले वार्षिक कार्यक्रम पुस्तिकामा त्रुटीका कारण दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजनाहरु सच्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

बजेट बाँडफाँटमा विभेद भएको भन्ने आरोपमा समेत कुनै सत्यता नरहेको अर्थमन्त्री शाहको दाबी छ । योसँगै सुदूरपश्चिम प्रदेश सरकारलाई तत्कालका लागि राहत मिलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *