खेलकूद

बेल्जियम र चेक रिपब्लिक युरोकप फूटबलको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०७८ असार १४ गते ८:३२
बेल्जियम र चेक रिपब्लिक युरोकप फूटबलको क्वार्टरफाइनल प्रवेश

१४ असार २०७८ काठमाडौं । बेल्जियम र चेक रिपब्लिकले युरोकप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियमले अन्तिम आठको यात्रा तय गरेको हो ।

बेल्जियमको जितमा ४२ औं मिनेटमा थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक रह्यो । थोमस मुनिएरको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । उता पोर्चुगलले केही मौकामा खेर फालेको थियो ।

यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौथो टोली समेत बन्यो । फिफा वरीयतामा बेल्जियम शीर्ष स्थानमा छ । अब क्वार्टरफाइनलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक तेस्रो टोलीका रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । हंगेरीको पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक सिकले एक(एक गोल गरे ।

५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लाइटले रेड कार्ड पाएपछि नेदरल्याण्ड्स १० खेलाडीमा सिमित भएको थियो । ६८ औं मिनेटमा होल्सले गोल गर्दै चेकलाई अग्रता दिलाए ।

त्यसपछि ८० औं मिनेटमा सिकको गोलसँगै चेक २(० ले विजयी भएको हो । सिकको जारी प्रतियोगितामा यो चौथो गोल हो । क्वार्टरफाइनलमा चेक रिपब्लिक र डेनमार्कले खेल्नेछन् ।

नकआउट चरणमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा क्रोएसिया र स्पेनले खेल्नेछन् । डेनमार्कको पार्केन एरिनामा हुने खेल राति पौने दश बजे शुरु हुनेछ ।

यस्तै रोमानियाको नेसनल एरिनामा फ्रान्स र स्वीट्जरल्याण्डले राति पौने एक बजे प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्