आर्थिक

विश्व बैंकले नेपाललाई १५ करोड डलर बराबरको सहुलियत ऋण दिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १३ गते १८:०६
विश्व बैंकले नेपाललाई १५ करोड डलर बराबरको सहुलियत ऋण दिने (भिडियो रिपोर्टसहित)

१३ असार २०७८ काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

नेपाल सरकार र विश्व बैंकबिच कोभिड नाइन्टिन महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात करिब १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको हो ।

यस सम्बन्धी सम्झौतामा आज नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षरपछि अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले यो सम्झौता अन्र्तगत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुर्नजिवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले कोभिड–नाइन्टिनको महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताउनुभयो ।

कोभिड महामारीको समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठुला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *