आर्थिक

प्रविधिको प्रयोग बढ्दा संकटमा स्याखु व्यवसाय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १२ गते १६:४२
प्रविधिको प्रयोग बढ्दा संकटमा स्याखु व्यवसाय (भिडियो रिपोर्टसहित)

१२ असार २०७८ दाङ । दाङमा खेती किसानीमा आधुनिक प्रविधिको प्रयोग बढ्दा परम्परागत रुपमा प्रयोग भइरहेका सामग्रीको माग घटेको छ । बाँसबाट बन्ने स्याखुको माग पनि घटेको छ । स्याखु बनाएर जिविकोपार्जन गर्नेलाई भने यसले समस्यामा पारेको छ ।

रोल्पा रुन्टीगढी गाउँपालिकाका यमलाल घर्तीको ५६ वर्षदेखिको पेशा बाँसका विभिन्न सामग्री बनाउने हो । हिउँदमा डोकाडाला नाङ्ला बनाउने उहाँ बर्खा लाग्न थालेपछि स्याखु बनाउन थाल्नुहुन्छ । तर स्याखुको माग पछिल्ला वर्षमा घट्दै आएको छ ।

स्याखुभन्दा सस्तो र सहज हुने भएपछि प्लाष्टिकको प्रयोग बढ्न थालेको छ । यसले स्याखुको माग ह्वात्तै घटेको छ ।

गाउँघरमा खेती घट्दै गएको छ। खेती गर्नेले पनि ट्याक्टरको प्रयोग गर्छन् । मानिसको ठाउँमा ट्याक्टरको प्रयोग हुन थालेको छ । यसले खेताला कम लाग्छन् । यसले पनि स्याखुको विक्री घटेको व्यवसायीको अनुभव छ ।

विक्री कम भएपछि स्याखु बनाउने घटेका छन् । नयाँ पुस्तले यो सीप नै सिकेका छैनन् । त्यसैले स्याखु नै लोप भएर जाने खतरा छ ।

पछिल्लो समय हरेक क्षेत्रमा आधुनिकताको आवश्यकता छ । तर, आधुनिकता सँगै यस्ता परम्परागत सीप र सामग्रीहरूको पनि संरक्षण गर्न जरुरी देखिन्छ । त्यसैले सम्बन्धित निकायले यस्ता सामाग्रीको बजारिकरण र सीपलाई संरक्षण गर्न ध्यान दिनु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *