खेलकूद

फिफाको महिला वरीयतामा नेपालको एक स्थान सुधार

हिमालय टिभी
२०७८ असार १२ गते ८:५६
फिफाको महिला वरीयतामा नेपालको एक स्थान सुधार

१२ असार २०७८ काठमाडौं । विश्व फूटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

फिफाले हिजो सार्वजनिक गरेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल सयौंं स्थानमा उक्लिएको छ ।

अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा रहेका छन् । त्यस्तै इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्