खेलकूद

सोनिया भट्टले टोकियो ओलम्पिकमा भाग लिने पक्का

हिमालय टिभी
२०७८ असार १२ गते ८:००
सोनिया भट्टले टोकियो ओलम्पिकमा भाग लिने पक्का

१२ असार २०७८ काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकूद (साग)की काँस्य पदक विजेता भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेको नेपाल आलम्पिक कमिटी एनओसीले जनाएको छ ।

१९ वर्षिया सोनियाले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण पदक जितेकी थिइन् । सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने एनओसीका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी गराए ।

उनले दुई खेलाडी ईन्द्र बहादुर श्रेष्ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए । सोनियासँगै अब टोकियो ओलम्पिकमा नेपालबाट सहभागी खेलाडीको संख्या पाँच पुगेको हो ।

यसअघि, सुटिङकी कल्पना परिवारले वाइल्ड कार्ड पाएकी थिइन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथन गोपीचन्द्र पार्कीले यसअघि नै खेल्ने पक्का भइसकेको छ ।

ओलम्पिक पछि जापानमै हुने पारालम्पिक्सका लागि तेक्वान्दो खेलाडी पेलेशा गोबर्धनले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्