आर्थिक

आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति बनाउँदै राष्ट्र बैंक, यस्ता छन् व्यवसायीका माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ११ गते १८:३७
आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति बनाउँदै राष्ट्र बैंक, यस्ता छन् व्यवसायीका माग (भिडियो रिपोर्टसहित)

११ असार २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति बनाउँदैछ । त्यसका लागि उद्योगी व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थासँग राय सुझाव लिने काम भइरहेको छ ।

उद्योगी व्यवसायीले पुनर्कर्जा, व्याजदर, कर तथा जरिवानामा छुट हुनेगरी मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् ।

कोरोना महामारीको पहिलो लहरबाट तङग्रिन नपाउँदै आएको दोस्रो लहरका कारण उद्योगी व्यवसायी फेरि मारमा परे । आगामी आर्थिक वर्षको बजेटबाट उत्साहित देखिएका उद्योगी व्यवसायीले अब आउने मौद्रिक नीतिबाट पनि सहयोग हुने अपेक्षा गरेका छन् ।

उनीहरुले बैंकको व्याजदरदेखि कर छुटसम्मको सहुलियत माग गरेका छन् । आर्थिक क्षेत्रलाई माथि उठाउने गरी मौद्रिक नीति ल्याउन उनीहरुले सुझाव दिएका छन् ।

पोहोर सालदेखिको कोरोना महामारीको असर अहिलेसम्म कायमै छ । अहिले धेरै व्यवसायीको कारोवार बिग्रेको छ । त्यसैले आफ्ना समस्या मौद्रिक नीतिले सम्बोधन गर्ने व्यवसायीको अपेक्षा छ ।

कोरोनाको कारण ब्यापार व्यवसाय ठप्प हुदाँ अहिले धेरै उद्योगी व्यवसायीले ऋण र त्यसको ब्याज तिर्नसमेत सकिरहेका छैनन् । यस्तो अवस्थामा बैंकहरुले समेत ताकेता गर्न थालेकाले समस्या भइरहेको उनीहरुको गुनासो छ ।

होटल तथा रेष्टुरेन्ट, पर्यटन तथा हवाइ उड्यन, सार्वजनिक यातायात क्षेत्र अहिले बढी मारमा परेको छ । यी व्यवसाय ठप्प जस्तै छन् ।

यस्तै ऋण लिएर लगानी गरेका साना व्यवसायी पलायन हुने क्रममा छन् । त्यसैले साना तथा मझौला उद्योमीलाई मौद्रिक नीतिले राहत दिनुपर्ने व्यवसायीको माग छ ।

गत वर्ष कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्र पुनर्उत्थानको लागि भन्दै ल्याइएको मौद्रिक नीतिबाट उद्योगी ब्यवसायीले राहत महुसुस गरेका थिए । अहिले पनि उनीहरुले त्यसैगरी सहुलियतको अपेक्षा गरेका छन् ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *