आर्थिक

निषेधाज्ञाका कारण चितवनका दूध किसानलाई ११ करोड बढी नोक्सानी

हिमालय टिभी
२०७८ असार ११ गते १८:१२
निषेधाज्ञाका कारण चितवनका दूध किसानलाई ११ करोड बढी नोक्सानी

११ असार २०७८ चितवन । चितवनका दूध किसानले निषेधाज्ञाका कारण ११ करोड रुपैंयाभन्दा धेरै नोक्सानी व्यहोर्नु परेको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आज पत्रकार सम्मेलन गरी पछिल्लो डेढ महिनामा ११ करोड सात लाख ८१ हजार रुपैयाँ नोक्सान भएको जानकारी दिएको छ ।

दूग्ध विकास संस्थान डिडिसीले पनि नियमित दूध नउठाइदिने, बजारमा दही र आइसक्रिम जस्ता चिसो पदार्थको खपत कम हुनुलगायतले दूधको खपत कम हुँदा किसानले नोक्सानी बेहोरेका हुन ।

चितवनमा रहेका ११० वटा सहकारीबाट दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुँदै आएको संघको तथ्यांक छ।

निषेधाज्ञाको ४५ दिनमा ७७ लाख ९६ हजार लिटरभन्दा बढी दूध संकलन हुनुपर्नेमा २० लाख ९० हजार लिटर मात्रै दूध संकलन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *