विदेश

अमेरिकामा आवासीय भवन भत्किँदा कम्तिमा ९९ जना बेपत्ता

हिमालय टिभी
२०७८ असार ११ गते ८:१६
अमेरिकामा आवासीय भवन भत्किँदा कम्तिमा ९९ जना बेपत्ता

११ असार २०७८ न्युयोर्क । अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा कम्तिमा ९९ जना बेपत्ता भएका छन् ।

फ्लोरिडाको मायामी शहरमा १२ तलाको एक आवासीय भवन भत्किएको हो । घटनास्थलबाट प्रहरीले एक जनाको शव निकालेको छ । ३५ जनाको शकुशल उद्धार भएको बीबीसीले जनाएको छ ।

उक्त आवासिय भवनमा बस्दै आएकामध्ये ९९ जना हराइरहेका बीबीसीले जनाएको छ । भवन भत्किनुको कारण भने खुलेको छैन ।

भवन भत्किँदा त्यहाँ कति जना थिए भन्ने बारे पनि अनुसन्धान भइरहेको छ । प्रहरीले उद्धारको काम गरिरहेको छ । सन् १९८० मा बनेको यो भवनमा २ सय ३० वटा फ्ल्याट छन् ।

भवनको आधाजसो भागमा असर परेको छ । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *