आर्थिक

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

हिमालय टिभी
२०७८ असार १० गते ८:५३
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

१० असार २०७८ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

गत जेठ २२ गते मात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले गएरातिबाट लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ । आन्तरिकतर्फको हवाइ उडानमा निगमले दुई रुपैयाँ बढाएको छ ।

समायोजित मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर १ सय २७, डिजेल १ सय १० र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यअब ८२ रुपैयाँपुगेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर २० ले बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *