खेलकूद

न्यूजिल्याण्डलाई विश्व टेष्ट च्याम्पियनसिपको उपाधि

हिमालय टिभी
२०७८ असार १० गते ८:३०
न्यूजिल्याण्डलाई विश्व टेष्ट च्याम्पियनसिपको उपाधि

१० असार २०७८ काठमाडौं । विश्व टेष्ट च्याम्पियनसिपको उपाधि न्यूजिल्याण्डले जितेको छ ।

वर्षाले प्रभावित खेलमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हराएको हो । भारतले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य न्यूजिल्याण्डले २ विकेट गुमाएर पूरा गरेको थियो ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सन ५२ रनमा अविजित रहे । त्यस्तै रोस टेलरले नटआउट ४७ रन जोडे । बलिङमा भारतका रविचन्द्रन आश्विनले दुबै विकेट लिए ।

दोस्रो इनिङमा भारतका ऋषभ पन्तले ४१ रन बनाउँदा रोहित शर्माले ३० रन बनाए । भारतलाई दोस्रो इनिङमा कम रनमै समेट्न न्यूजिल्याण्डका टीम साउथीले चार तथा ट्रेन्ट बोल्टले तीन विकेट हात पारे ।

यसअघि साउथह्याम्टनमा टस हारेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २ सय १७ र दोस्रो इनिङमा १ सय ७० रनमा बनाएको थियो । उता न्यूजिल्याण्डले पहिलो इनिङमा २ सय ४९ रन जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्