खेलाडीहरुलाई दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
ओलम्पिक डे २०२१ का अवसरमा नेपाल ओलम्पिक कमिटीले गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलको नियमित प्रशिक्षण नहुने गरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।
उपराष्ट्रपति पुनले ओलम्पिक खेलको विकासका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । दीर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकूदमा समावेश गराउने गरेको तथा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताउनुभयो ।
प्रतिक्रिया