खेलकूद

स्कटल्याण्ड र नामिबिया सम्मिलित ट्राईसिरिजका लागि नेपाली टिमको तयारी शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ९ गते ७:०७
स्कटल्याण्ड र नामिबिया सम्मिलित ट्राईसिरिजका लागि नेपाली टिमको तयारी शुरु (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । स्कल्यान्ड, नामिविया र नेपालबीच हुने क्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास शुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण शुरु गरेको हो । एक साताअघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् ।

स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृखंलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको छ ।

जुलाई अन्तिम सात हुने श्रृखंलमा सहभागि हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परिक्षण नेगेटिभ आएसँगै शृंंखलाको तयारी सुरु भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा पहिलो दिन यस अघि नेपाल क्रिकेट संघले जारी गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यास गरे ।

टोलीमा परेपनि अमेरिकामा रहेका पृथु बास्कोटा प्रशिक्षणमा सहभागी थिएनन् । कोरोना महामारी पछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अभ्यासमा अहिले मौसम प्रतिकुल बनेको छ ।

धेरै समय पछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने अभ्यास मौसमका कारण गर्न नपाइने हो कि भन्ने चिन्ता खेलाडीलाई छ । त्यसैले बलिया राष्ट्रहरुसँग हुने प्रतिस्पर्धाका लागि खेलाडीले कडा मेहनत गर्नु पर्ने छ ।

कप्तान ज्ञानेन्द्र मल्लले भने जस्तै स्पेनमा हुने एक दिवसीय शृंखलाका लागि मौसम प्रतिकुल भए पनि मौसम अनुसारको तयारी गराउने योजनामा छन् प्रशिक्षक वाटमोर ।

प्रशिक्षक ह्वाटमोरले पहिलो पटक टोली सम्हाल्दा ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले नेदरल्यान्ड्स र मलेशियासँगको श्रृखंलामा उपाधि हात पारेको थियो । स्पेनमा हुने श्रृखंला फरक संरचनाको हुने भएकोले फरक रणनीति अनुसार अभ्यास गर्नु पर्ने पक्षमा छन् उनी ।

लीग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

लीग–टु अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यस अघि नै स्थगित भएको थियो । पछिल्लो समय आईसिसिले परिमार्जन गरेको विश्वकप सहभागिताको नयाँ ढाँचा अनुसार नेपालको विश्वकप खेल्ने संभावना बलियो बनेको छ । त्यसका लागि नेपालले दीर्घकालिन योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।

स्कटल्यान्डमा तय भएको स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदैछ । आइसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । सन् २०२३ को विश्वकप छनौटका आधार रहेको लिग–टू प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले विश्वकपको ग्लोबल छनौट खेल्ने मौका पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्