खेलकूद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण शुरु

हिमालय टिभी
२०७८ असार ८ गते १४:००
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण शुरु

८ असार २०७८ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ।

प्रशिक्षण अभ्यास कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि टोलीले तयारी थालेको हो ।

प्रशिक्षणमा सहभागी सबै १९ खेलाडी र पदाधिअधिकारीको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आइसकेको छ । त्यस्तै मुख्य प्रशिक्षक डेभ वाटमोरको निगरानीमा शुरु प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाइएको थियो ।

पृथु बास्कोटा भने व्यक्तिगत कारणले प्रशिक्षणमा सहभागी छैनन् । श्रृंखला जुलाई महिनाको २० देखि ३० तारिखसम्म हुने तालिका छ । नेपालले करिब १८ महिनापछि लिग टु को श्रृंखला खेल्ने छ ।

लीग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । ४ खेलबाट ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । ओमान १० खेलमा १६ अंकसहित शीर्षमा छ । त्यस्तै १२ खेल खेल्दै १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

यसअघि मार्च १९ देखि २८ सम्म ओमानमा तय नेपाल, ओमान र अमेरिकाबीचको श्रृंखला भने स्थगित भएको थियो । लीग(टु का शीर्ष तीनमा रहने टोलीले सन् २ हजार २३ को एक दिवसीय विश्वकपको छनौट खेलन खेल्न पाउने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्