खेलकूद

अर्जेन्टिना कोपा अमेरिका फूटबलको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७८ असार ८ गते ९:२५
अर्जेन्टिना कोपा अमेरिका फूटबलको क्वाटरफाइनल प्रवेश

८ असार २०७८ काठमाडौं । कोपा अमेरिका फूटबलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न समूह ए को खेलमा अर्जेन्टिनाले पराग्वेमाथि १–० गोलको साँघुरो जित निकालेको हो । अर्जेन्टिनाको जितमा खेलको दशौं मिनेटमा एलेजान्द्रो गोमेजको गोल नै निर्णायक रह्यो । उनले एञ्जल डी मारियाको पासमा गोल गरेका थिए ।

जितसँगै तीन खेलबाट सात अंक जोड्दै अर्जेन्टिना फेरि शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा चिलीसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई १–० ले हराएको थियो ।

उता दुई खेलमा एकमा जित र एकमा हारको नतिजा निकालेको पराग्वे तीन अंकसहित तेस्रो स्थानमा छ ।

यसअघि यही समूहको अर्को खेलमा उरुग्वे र चिलीले १–१ गोलको बराबरी खेलेका थिए । एक गोलले पछि परेको उरुग्वेलाई आत्मघाती उपहार गोलले राहत भएको थियो । २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

तर, ६६ औं मिनेटमा चिलीकै आर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल एक(एकको बराबरीमा सकिएको थियो ।

चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १–१ को बराबरी खेल्दा दोस्रो खेलमा बोलिभियामाथि १० को जित निकालेको थियो । पाँच अंक जोड्दै चिली दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्