पाल्पाका फाँटमा गुञ्जियो असारे भाका समयमा नै रोपाईँ गर्न पाएपछि किसान मख्ख (भिडियो रिपोर्टसहित)
७ असार २०७८ पाल्पा । यो मनसुस शुरु भएलगत्तै आएको बाढी पहिरोले धेरैलाई सताएको छ । तर पाल्पामा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने यो वर्ष समयमा नै मनसुनी वर्षा भएको भन्दै खुसी छन् ।
पाल्पाका किसानलाई यतिबेला धान रोप्न भ्याइनभ्याईँ छ । सिंचाइको सुविधा नभएका कारण सधैं आकाशे पानीको भरमा खेति गर्नु पर्ने ठाउँका किसानले यो वर्ष समयमा नै मनसुनी वर्षा भएकाले धान रोप्न पाएका हुन् । पोहोर परार असार अन्तिमसम्म बाँझो नै रहने र साउनमा मात्र रोपाईँ हुने पाल्पाका फाँटमा यसपाली असारको पहिलो हप्ता नै असारे गीत गुञ्जिन थाललेको छ ।
समयमा नै वर्षा भएपछि यतिबेला पाल्पाका माडी फाट, रामपुर फाट, अर्गली फाट, झडेवा फाट, लगायतका स्थानमा किसान धान रोप्न व्यस्त भन् ।
घिल्ला वर्षहरुमा साउनको अन्तिमसम्म पनी रोपाई हुने पाल्पाका खेतहरुमा यो वर्ष असारमै धान रोपाई सकिने कृषी ज्ञान केन्द्रको अनुमान छ ।
पहिला(पहिला कुटो कुदालो र हलोको भरमा खेती लगाउँदै आएका पाल्पाका अधिकांश किसानले अहिले आधुनिक उपकरणको पनि प्रयोग गर्न थालेका छन् । यसले गर्दा पनि किसानलाई सजिलो भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्दा छिटो छरितो हुन्छ । खर्च पनि कम लाग्छ भने उब्जाउ पनि बढ्ने किसानको अपेक्षा छ ।
पाल्पामा १३ लाख ७३ हजार ७ सय हेक्टर कूल क्षेत्रफल छ । यहाँको ५७ हजार १ सय ७२ हेक्टर खेती योग्य जमिन छ । पाल्पामा धान खेती गरिने जमिन ८ हजार ६ सय २० हेक्टर छ ।
प्रतिक्रिया