खेलकूद

क्रिकेटर पृथु बाँस्कोटा बन्द प्रशिक्षणमा सहभागी नहुने

हिमालय टिभी
२०७८ असार ७ गते १९:१०
क्रिकेटर पृथु बाँस्कोटा बन्द प्रशिक्षणमा सहभागी नहुने

७ असार २०७८ काठमाडौं । क्रिकेटर पृथु बास्कोटा आईसीसी विश्वकप लीग टु अन्तर्गत अर्को महिना हुने सिरिजका लागि बन्द प्रशिक्षणमा नआउने भएका छन् ।

सिरिजका लागि भोलिदेखि शुरु हुन लागेको बन्द प्रशिक्षणमा बाँस्कोटालाई पनि टिममा राखिएको थियो । तर उनले व्यक्तिगत कारण आउन नसक्ने जानकारी दिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

टु एक्स क्रिकेट युएसए कप खेल्न गत चैतमा अमेरिका गएका स्पिनर बसन्त रेग्मी र बास्कोटा नेपाल फर्किएका छैनन् । बाँस्कोटाले अमेरिकाबाटै बन्द प्रशिक्षणमा आउन नसक्ने जानकारी गराएक हुन् ।

स्पेनमा हुने लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्डसँगको सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा पृथु पनि परेका थिए ।

सन् २०१५ देखि टोली बाहिर रहेका पृथु राष्ट्रिय टोलीमा पुनरागमनको पर्खाइमा थिए । पृथुले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा ४ खेल खेल्दा २ पटक अविजित रहँदै कुल २ सय १४ रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्