अन्तर्वार्ता

सडक मर्मतसँगै हेलम्बूका बासिन्दाले राहत पाएको प्रमुख जिल्ला अधिकारीको दाबी (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ असार ७ गते १४:२५
सडक मर्मतसँगै हेलम्बूका बासिन्दाले राहत पाएको प्रमुख जिल्ला अधिकारीको दाबी (भिडियो कुराकानीसहित)

७ असार २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीका कारण विस्थापित हेलम्बूका बासिन्दालाई राहत वितरण र व्यवस्थापन तीब्र पारेको छ ।

बाढीले सडकमार्ग तथा पुलमा क्षति गरेपछि मेलम्चीभन्दा माथिल्लो भेगका पीडित तथा विस्थापितलाई राहत पुर्याउन समस्यामा भैरहेकोमा बाटो मर्मत गरेपछि राहत लगिएको छ ।

हिजो तीनवटै सुरक्षा निकायको सहकार्यमा चनौटेसम्मको बाटो बनाएपछि राहत वितरण प्रभावकारी हुन थालेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले नदीको प्रवाह अस्वाभाविक भएकाले उद्धार तथा राहतमा समस्या परेको पनि बताउनु भयो ।

प्रतिकुल अवस्थाका क्षतिको विवरण संकलनमा पनि समस्या भइरहेको छ । तर सुरक्षा निकायले सक्रियताका साथ यसमा काम गरिरहेका छन ।

कमजोर भौगोलिक अवस्थाका कारण सिन्धुपाल्चोक जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहँदै आएको छ । पहिरोका कारण तातोपानी नाका जोडिने अरनिको राजमार्गको केही स्थानमा पनि क्षति भएको छ ।

त्यसको मर्मत सम्भारको काम द्रूत गतिमा भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्