समाज

ठेकेदारले समयमै घर नबनाउँदा कैयौं परिवारको विचल्ली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ६ गते १४:४०
ठेकेदारले समयमै घर नबनाउँदा कैयौं परिवारको विचल्ली (भिडियो रिपोर्टसहित)

६ असार २०७८ पर्सा । प्रदेश २ सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत धेरै जिल्लामा विपन्न परिवारले घर पाएका छन् । तर पर्सामा भने ठेकेदारले समयमै घर नबनाउँदा कैयौं परिवारको विचल्ली भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँका दलित परिवारले जनता आवास कार्यक्रममार्फत पक्की घर बन्ने आशामा पुरानो बाँसको टाँटी र फुसको घर भत्काए ।

ठेकेरदारले केही दिनमै घर पूरा गरेर दिन्छु भनेको पनि महिनौं बित्यो तर घर बनेन । बर्खामा पक्की घरमा ढुक्कले निदाउने उनीहरुको सपना विपनामा परिणत हुन सकेन । हावाहुरीले छाप्रोको छानो उडाएर श्रीमान घाइते भएपछि स्थानीय चिन्तादेवीमा पीडा थपिएको छ ।

नयाँ घर पाउने आशमा पुरानो घर भत्काएकी चन्द्रावती मलिक डोमलाई अहिले ठूलो समस्या भएको छ । व्यवस्थित बसोबास नहुँदा चिसोले हिउँदमा ससुरा गुमाएकी चन्द्रावतीको परिवार अहिले अर्काको जग्गामा प्लाष्टिक मुनि रात काटिरहेको छ ।

प्रदेश २ सरकारले चारवर्षअघि जनता आवास कार्यक्रम शुरु गरेको थियो । कार्यक्रम अन्तरगत धेरै जिल्लामा घर बनेका छन् । तर छपकैया टोलमा २० वटा घर बनाउन भने ढिलाइ भएको छ । समयमै काम पुरा नभएपछि निर्माणको चरणमा रहेका घर समेत चर्किएका छन् ।

एउटा घर बनाउन ३ लाख ५० हजार रकम अनुमान गरिएको छ । उक्त रकम किस्तामा उपलब्ध गराइन्छ । तर कार्यक्रम अनुसार बजेट नआएकाले समयमै काम पुरा हुन नसकेको शहरी विकास तथा भवन कार्यालयको दाबी छ ।

कार्यक्रम बनाउने र बजेट नदिने प्रवृतिले धेरै परिवारको बिचल्ली भएको छ । यसतर्फ प्रदेश सरकारको तत्काल ध्यान जानु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *