विदेश
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
२०७८ असार ६ गते ८:३३

६ असार २०७८ ब्राजिल । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा दोस्रो धेरै हो । सबैभन्दा बढी अमेरिकामा ६ लाख भन्दा बढीले ज्यान गुमाएका छन् ।
तर खोपमा भइरहेको ढिलाईका कारण ब्राजिलमा संक्रमण अझै अनियन्त्रित हुने विज्ञहरुले बताउँदै आएका छन् ।
त्यहाँ संक्रमण न्यूनिकरणका लागि राष्ट्रपति जायर बोल्सोनारोले नै सामाजिक दूरी लगायतका उपाय अपनाउन आवश्यक नरहेको बताउँदै आएका छन् ।
त्यहाँको स्वास्थ्य संस्थाले अवस्था गम्भिर रहेको बताउँदै केवल १५ प्रतिशत वयस्क नागरिकले मात्र खोपको पूर्ण मात्रा लगाएको बताएको छ ।
उता कंग्रेसले महामारी नियन्त्रणमा सरकारले अवलम्बन गरेको उपायबारे अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया