आर्थिक

धान खेतीको सिजनमा मल पाएपछि बाँकेका किसान उत्साहित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते १४:४७
धान खेतीको सिजनमा मल पाएपछि बाँकेका किसान उत्साहित (भिडियो रिपोर्टसहित)

५ असार २०७८ बाँके । धान खेतीको सिजनमा मल पाएपछि बाँकेका किसान उत्साहित भएका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण कृषि सामग्री कम्पनीले पालैपालो सहकारी संस्थामार्फत गाउँपालिकाका किसानलाई युरिया र डिएपी मल उपलब्ध गराउदै आएको छ ।

कृषि सामग्री कम्पनीको गोदाममा पुगेका कृषि सहकारी संस्थाका प्रतिनिधि मागे जति रासायनिक मल पाएको बताउँछन् ।

यो वर्ष धानका लागि आवश्यक पर्ने ६० देखि ७० प्रतिशत मल कृषि कम्पनीबाट बाँकेका कृषि सहकारी संस्थामा पुगिसकेको छ । बाँकेमा १ सय १ वटा कृषि सहकारी संस्थाले किसानलाई मल वितरण गर्दै आएका छन् ।

धान खेतीका लागि बाँकेमा जेठदेखि साउनसम्म रासायनिक मल आवश्यक पर्छ । गत वर्ष भने मलको हाहाकार भएको थियो । बाँकेको ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *