समाज

पर्यटक आकर्षित गर्न छाता प्रतिक्षालय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते १४:३९
पर्यटक आकर्षित गर्न छाता प्रतिक्षालय (भिडियो रिपोर्टसहित)

५ असार २०७८ कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको एउटा वडाले पर्यटक आकर्षित गर्न भन्दै छाता प्रतिक्षालय निर्माण थालेको छ । कम लगानीमा आकर्षक प्रतिक्षालय बनाएर पर्यटक भित्र्याउने उसको लक्ष्य छ ।

यो हो कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा निर्मित छाता प्रतिक्षालय । आकर्षक देखिएको यो छातामुनी गर्मी होस् वा झरी । नागरिकले ओत लाग्ने ठाउँ पाएका छन ।

ठूलो पूर्वाधार नभएका कारण चोकमा बनाउँदा अरुलाई असर पनि नपर्ने र आकर्षक पनि देखिने भएपछि छाता प्रतिक्षालय निर्माणमा वडा कार्यालयले रुची देखाएको हो । छाता प्रतिक्षालयले चोक चोकमा सुन्दरता थपिएको छ ।

एउटा छातामुनि १३ देखि १५ जनासम्म बस्न मिल्ने गरी बनाइएको प्रतिक्षालयलाई अपाङ्गता मैत्री छ । फलामले बनाइएको ८ फुट उचाइको छाताको वृत्त भने १० मिटर छ ।

वडा कार्यालयको ८ लाख बजेटमा अहिले मोतिपुरको बाँणीगाउँ, धैरेनीडाँडा, कोइली बनगाई र खारखानीमा चार वटा छाता प्रतिक्षालय बनाएको छ । छाता प्रतिक्षालय बनाएको चार स्थानमध्येको खारखानी क्षेत्रलाई पछिल्लो समय वडा र नगरपालिकाले एकीकृत पर्यटकीय स्थलको रुपमा विकास शुरु गरेको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर ७ मा नौलो रुपमा छाता प्रतिक्षालय वडाको रुपमा विकास गरेर आन्तरिक र बाह्रय पर्यटकको आगमन वृद्धि गराउने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *