समाज

अहिलेसम्म हुन सकेन धादिङका बाढी पीडितको पुनर्स्थापना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते १४:२९
अहिलेसम्म हुन सकेन धादिङका बाढी पीडितको पुनर्स्थापना (भिडियो रिपोर्टसहित)

५ असार २०७८ धादिङ । यो वर्ष मनसुनको शुरुमै देशका विभिन्न ठाउँमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । र धेरैलाई विस्थापित बनाएको छ । विस्थापितको पुनर्स्थापना अब कसरी र कहाँ हुने हो कुनै टुंगो छैन । पोहोर साल बाढीकै कारण विस्थापित भएका धादिङको गजुरीका पीडितको अहिलेसम्म पुनर्स्थापना हुन सकेको छैन ।

गत वर्ष धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित बार्‍हबीसेमा पहिरो गएर बस्ने ठाऊँ चिरा – चिरा पर्यो । पहिरोले २१ परिवार विस्थापित भए । त्यतिबेला यी पहिरो पीडितलाई आश्वसनको ओइरो आयो ।

कसैले राहात त कसैले पुनर्स्थापना र रोजगारी दिनेसम्मका आश्वसन दिए । आश्वसन दिन कसैले केही बाँकी राखेनन् तर विस्थापित भएको एक वर्षसम्म पनि पीडितले आश्वसन बाहेक केही पाएनन् । बितेको एक वर्ष कष्टपूर्ण जीवन गुजारेका बाह्रबीसेका पहिरो पीडितको अझै पनि पुनर्स्थापना हुन सकेको छैन् ।

गत वर्षदेखि अस्थायी रुपमा गजुरी वडा नम्बर २ चेपाङटारीमा त्रिपाल र टहरामा पहिरो पीडितलाई राखिएको छ । अहिले त्रिपाल र टहराबाट पानी चुहिन थालेको छ ।

गत फागुन चैतको हावाहुरीमा कष्टकर जीवन गुजारेका यी विस्तापितलाई वर्षा सुरुभएपछि फेरि निन्द्रा लाग्न छाडेको छ । पहिरो पीडितले गाउँपालिका लगायतका निकायमा गएर धेरै पटक आफ्नो समस्या सुनाए आश्वासनबाहेक केही पाएका छैनन ।

बाह्रबीसे मात्र नभएर गजुरी गाउँपालिका वडा नम्बर २ वडामा पर्ने रातामाटेमा पनि तीन घर पहिरोको जोखिममा परेका छन् । उनीहरु पनि गत वर्ष नै विस्थापित भएका छन । तर रातामाटेका विस्थापितलाई पनि अझैसम्म पुनर्स्थापना गरिएको छैन् ।

यसरी बाढी पहिरो पीडितलाई आश्वसन दिने तर पुनर्स्थापनाको पहल नगर्ने परिपाटी देशैभर छ । पीडितलाई आश्वसन भन्दा राहात र तत्काल पुर्नस्थापनाको खाँचो छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *