समाज

तुलसीपुरमा पातु खोला अतिक्रमण, विनाशको चिन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते ६:२७
तुलसीपुरमा पातु खोला अतिक्रमण, विनाशको चिन्ता (भिडियो रिपोर्टसहित)

५ असार २०७८ दाङ । नदी र खोलाको वहाव क्षेत्र मिचेर वस्ती बस्ने नेपालमा नौलो रहेन । देशका धेरै स्थानमा यही मानवीय त्रुटीका कारण वर्षायाममा ठुलो क्षति हुने गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका हुँदै बग्ने पातु खोला पनि मानवीय अतिक्रमणमा परेको छ । त्यहाँ कुनै पनि बेला विनाश निम्तने जोखिम छ ।

तुलसीपुरको पातुखोला क्षेत्र बाढीको उच्च जोखिममा छ । लामो समयदेखि पातुखोलमा अतिक्रमण भइरहेको छ । सशस्त्र द्वन्द्वको समयदेखि नै मानवीय अतिक्रमणमा परेका कारण खोला अहिले कुलो जस्तै बनेको छ ।

खोलाको वगर हुनुपर्ने स्थानमा अहिले बजार बसेको छ । पातुखोला क्षेत्रको ५ किलोमिटर क्षेत्र अहिले बस्तीका रुपमा विकास भएको छ । जहाँ जुनसुकै बेला पनि खोलाले विनास निम्ताउन सक्छ ।

पातुखोलाको मुहान सल्यानको कपुरकोट क्षेत्र हो । मुहान क्षेत्रमा पहिरो जाने उच्च जोखिम छ । पहिरोले खोला थुनेर बाढी आए त्यसको असर तुलसीपुर क्षेत्रमा पनि पर्ने निश्चित छ ।

दुई दशकसम्म जनप्रतिनिधि नभएका बेला भूमाफियाको चलखेलका कारण बगर वस्तीमा परिणत भएको भन्दै उपमहानगरपालिकाले हटाउन प्रयास भइरहेको जनाएको छ ।

तुलसीपुर उपमहानगपालिका वडा नम्बर १ राम्रीको फेदीबाट उरहरीको सुकौरा बबईसम्म जोखिमयुक्त क्षेत्र खोज्न यस अघि योजना बनाइएको थियो । तर अहिलेसम्म काम पुरा भएको छैन । समयमा नै सजग नभए पातुखोलाले ठूलो क्षति गर्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *