यार्सागुम्बा टिप्न जाँदा अलपत्र परेका ७० जनाको उद्धार

हिमालय टिभी
२०७८ असार ४ गते १८:३३
यार्सागुम्बा टिप्न जाँदा अलपत्र परेका ७० जनाको उद्धार

४ असार २०७८ मनाङ । मनाङमा यार्सागुम्बा टिप्‍न जाँदा अलपत्र परेका ७० जनाको उद्धार गरिएको छ ।

मनाङको नार्फाभुमि गाउँपालिका वडा नम्बर ५ फु गाउँका वासिन्दा यार्सागुम्बा टिप्न तिब्बतको सीमा क्षेत्रमा पर्ने लेकमा पुगेपछि सम्पर्कविहीन भएका थिए ।

वर्षासँगै आएको बाढीका कारण सम्पर्कविहीन बनेका उनीहरुको हेलिकोप्टरबाट उद्धार गरिएको हो । उनीहरू गत जेठ १५ गते यार्सागुम्बा टिप्‍न लेकतर्फ हिँडेका थिए ।

पूर्व सा‌सद पाल्देन छोपाङ गुरुङले व्यत्तिगत खर्चमा उनीहरुलाई उद्धार गरी फु गाउँ ल्याउनुभएको हो ।

उद्धार गरिएकामध्ये ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *