आर्थिक

कोरोनाको असरः दूध विक्री नभएपछि समस्यामा नवलपरासीका किसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते १७:३९
कोरोनाको असरः दूध विक्री नभएपछि समस्यामा नवलपरासीका किसान (भिडियो रिपोर्टसहित)

४ असार २०७८ नवलपरासी । शहर बजारका बासिन्दालाई लक्षित गरेर ग्रामीण क्षेत्रका किसानले पशुपालन तथा तरकारी खेतीमा करोडौं लगानी गरेका छन् । तर कोरोना महामारी रोक्न लगाइएको निषेधाज्ञाले गाउँमा उत्पादित वस्तु विक्री नभएर फाल्नुपरिरहेको छ भने शहर बजारमा महंगी बढेको छ ।

नवलपरासीको बर्दघाटका पशुपालक किसानले पनि अहिले यस्तै समस्या झेलिरहेका छन् ।

निषेधाज्ञाका कारण बजार नपाउँदा पश्चिम नवलपरासी बर्दघाटका पशुपालक किसानको दैनिक लाखौं रुपैयाँ नोक्सान भएको छ ।

सहकारीमार्फत दैनिक १२ हजार लिटर दुध विक्री गर्दै आएका दुई हजार किसान समस्यामा परेका छन् । उत्पादन भएको दूध बजारमा विक्री हुन छाडेको छ । कतिपय किसानले दुहेको दुध फेरि गाई भैंसीलाई खुवाउने गरेका छन् ।

दुई हजार किसानको दैनिक १२ हजार लिटर दूध संकलन हुँदै आएको सहकारीबाट निषेधाज्ञाकै कारण दूध विक्री भएको छैन ।

सहकारीमार्फत बुटवल, भक्तपुर, काठमाडौं, बनेपासम्मका डेरीमा दूध विक्री हुँदै आएको थियो । सहकारीमा आवद्ध एक किसानले ५० लिटरदेखि १ सय ५० लिटरसम्म दूध विक्री गर्दै आएका थिए । तर अहिले दूध विक्री ठप्प छ । दूध विक्री नहुँदा अहिले दैनिक ७ लाख रुपैयाँसम्म नोक्सान भएको छ ।

महामारी, विपत्ती जस्ता अवस्थामा पूर्व तयारी, व्यवस्थापन नहुँदा करोडौं रुपैयाँ लगानी गरेका किसान निराश छन । सरकारबाट राहत नपाए किसानहरु पलायन हुने अवस्था बढ्दै गएको छ ।

सरकारले किसानका माग र गुनासाहरु समयमै सम्बोधन नगरे कृषि उत्पादनमा आत्मनिर्भर हुँदै गएको नेपाल परनिर्भरतातर्फ धकेलिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *