खेलकूद
बक्सर तामाङ नगदसहित सम्मानित
२०७८ असार ४ गते १४:५५
४ असार २०७८ काठमाडौं । पोल्याण्डमा भएको आइबा युथ विश्व महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा सहभागी शुस्मा तामाङ सम्मानित भएकी छन् ।
हाल अमेरिका बस्दै आएका पूर्वबक्सर सुदर्शन बुढाथोकीले शुस्मालाई आज नगद २५ हजार सहित सम्मान गरेका हुन् ।
गोङ्झाउ एसियाडमा कांस्य पदक विजेता एवम् राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले नक्साल बक्सिङ क्लबमा पुगेर उक्त नगद पुरस्कार रकम शुस्मालाई हस्तान्तरण गरे ।
पहिलो चरणमा बाई पाएकी सुस्माले दोस्रो चरणमा लिथुनियाकी खेलाडीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा उनी पोल्यान्डकी खेलाडीसँग पराजित हुन पुगेकी थिइन् ।
प्रतिक्रिया