राजनीति

जसपाको बहुमत पक्ष आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते १४:३९

४ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्ष आधिकारिता दाबी गर्दै निर्वाचन आयोग गएको छ ।

हिजोको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार,आधिकारिकताका लागि आयोगमा निवेदन दिन लागिएको नेता डम्बर खतिवडाले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु त्यसका लागि निर्वाचन आयोग बहादुर भवन पुगेका छन ।

स्पष्ट बहुमत भएकाले आयोगबाटै आधिकारिता पाउने उसको विश्वास छ । महन्थ ठाकुर लगायतका नेतालाई गरेको कारवाहीको विवरण निर्वाचन आयोगले अद्यावधिक नगरेपछि उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्ष आयोग गएको हो ।

पार्टी एकतापछि बनेको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव र भट्टराई पक्ष स्पष्ट बहुमतमा छ। ठाकुर पक्षमा २० सदस्य छन्। विवाद बढ्दै गएपपछि पछिल्लो पटक ठाकुर पक्ष सत्ता र यादव भट्टराई पक्ष त्यसको विरोधमा छ ।

ठाकुरले आफू अनुकुल हुने गरी कार्यकारिणी समितिमा १७ जना थप्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्