खेलकूद

इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश

हिमालय टिभी
२०७८ असार ३ गते ८:४२
इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश

३ असार २०७८ काठमाडौं । इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

आफ्नो पछिल्लो खेलमा स्विट्जरल्याण्डलाई ३–० गोलले हराउँदै लगातार दुई जित निकाल्दै इटाली अन्तिम १६ मा पुगेको हो । ओलम्पिक स्टेडियममा समूह ए को खेलमा इटालीलाई जितमा म्यानुएल लोकाटेलीले दुई गोल र सिरो इमोबाइलले एक गोल गरे ।

उसका लागि २६ औं र ५२ औं मिनेटमा लोकाटेलीले गोल गरे । त्यसपछि ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए ।

प्रतियोगितामा लगातार दुई जितसँगै इटाली अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । शीर्ष स्थानको इटालीले दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले नै हराएको थियो ।

उता समूहको तेस्रो स्थानमा रहेको स्विट्जरल्याण्डको यो पहिलो हार हो । स्विट्जरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

यही समूहको अर्को खेलमा टर्कीलाई २–० ले हराएको वेल्स नकआउट चरण नजिक पुगेको छ । वेल्सको जितमा आरोन राम्से र कोन्नर रोबर्टसले एक एक गोल गरे । उता यसअघि भएको समूह बी को खेलमा रसियाले फिनल्याण्डमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गत आज पनि तीन खेल हुँदैछन् । समूह सी को खेलमा साँझ पौने सात बजे युक्रेन र नर्थ म्यासेडोनियाले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह बीमा बेल्जियम र डेनमार्कले राति पौने दश अनि समूह सी अन्तर्गत राति पौने एक बजे नेदरल्याण्ड्स र अष्ट्रिया भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्